स्वास्थ्य

विश्वभर हाल १ कराेड ८८ लाखमा काेराेनाभाइरस सक्रिय, एक लाख बढि चिन्ताजनक

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ८८ लाख ७२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १३ करोड ८८ लाख ६३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १६ करोड १० लाख ८० हजार नाघेको छ भने मृतकको संख्या ३३ लाख ४५ हजार १८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ५ हजार २१८ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । विश्वभर ७ लाख ५० हजार थपिएकामध्ये भारतमा ३ लाख ६२ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ३७ लाख २ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । पछिल्लाे २४ घण्टामा ४ हजार १२६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै कुल मृत्यु हुनेकाे संख्या २ लाख ५८ हजार ३५१ जना पुगेकाे छ । त्यसैगरि हालसम्म १ कराेड ९७ लाख २८ हजार जना निको भएका छन् । सक्रिय केस ३७ लाख १६ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३५ लाख ८६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ६६ लाख २० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६३ लाख ६८ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ५३ लाख ६१ हजार जना संक्रमितमध्ये १ कराेड ३९ लाख २४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख २८ हजारभन्दा बढी छन् । हाल १० लाख ९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ४ लाख २२ हजार ३४९ जना पुगेका छन् भने ३ लाख १६ हजार ४६३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४ हजार २५२ पुगेको छ भने  एक लाख १ हजार ६५४ जना उपचाररत छन्  ।

 

गाउँ सहर डेस्क

तपाईँको मत