प्रेरणा

श्रीमद्भागवत गीताका जीवनउपयाेगी १८ वाणी

हिन्दू धर्मका पवित्र ग्रन्थहरुमध्ये श्रीमद्भागवत गीता पनि एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिइएको सानो ग्रन्थ हो । श्रीमद्भागवत गीताको पृष्ठभूमी महाभारतको युद्ध नै हो । 

अर्जुनले महाभारत लड्दिन भनेर अज्ञानी भएका बेला श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेको सुनाएको हो । तै पनि अर्जुनलाई चित्त नबुझेकोले भगवान् श्रीकृष्णजीले अर्जुनलाई विश्वरूप दर्शन दिएर प्रस्ट पारी ज्ञान प्राप्ति गरिदिएको हो । अर्जुनलाई महाभारतलाई लड्न तयार गरिदिएको हो । यसरी निष्कामना अर्जुनमा उत्पत्ति गराइदिएको हो ।

यो सबै ज्ञानलाई गीतामा भगवानले १८ अध्यायमा मनन चिन्तन गराएका हुन् । तिनै १८ अध्याय हिन्दु धर्मको मुख्य महत्त्वपूर्ण धर्मको नियम स्वरूप हो । यिनै १८ अध्यायको कुरालाई सारांशमा भगवानको १८ ईश्वरीय कानुन (१८ कमाण्डमेन्टस्) भनेर पनि बुझ्न गरिन्छ ।

१८ अध्यायका १८ सार

१– मोह या सुख शान्तिको अधीनमा नपर्नु ।

२– शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ।

३– निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ।

४– तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ।

५– सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु ।

६– अन्तस्करणमा समता राख्नु ।

७– सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव हुनु ।

८– सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु ।

९– सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ।

१०– विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ।

११– यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ।

१२– शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु ।

१३– संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जानु ।

१४– सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।

१५– एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ।

१६– जन्म, मरणको चक्रबाट छुट्न दुर्गण दुराचारको त्याग गर्नु ।

१७– जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ।

१८– भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।

गाउँ सहर डेस्क

तपाईँको मत