मुख्यमन्त्रीमा पुन: नियुक्त भएका गुरुङले लिए शपथ
- गाउँ सहर संवाददाता
- २९ बैशाख बुधबार, २०७८ | १९:१२:०० मा प्रकाशित
पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई आजै प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको सपथ गराएकी छन् । यस अघि उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्री गुरुङको राजिनामापछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार गठनका लागि दिएको अन्तिम समयमा विपक्षी गठबन्धनले नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री दावी गर्दै दावी पत्र पेश गरेका थिए ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ३१ सङ्ख्या पुग्ने आँकल गरिएकोमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफू तटस्थ रहने जनाएपछि बहुमत गुमेको छ ।
राष्ट्रिय जनमोर्चाले केन्द्रबाट विपक्षी गठबन्धनमा सहभागी हुने निर्णय गरेपनि तीन सदस्य रहेको प्रदेशसभाका कृष्ण थापा र खिमबिक्रम शाहीले तटस्थ बस्ने घोषणा गरेका थिए ।
संसदीय दलका नेता कृष्ण थापालाई जानकारी नदिई प्रमुख सचेतकले पार्टीको ह्वीप जारी गरेपछि बढेको विवाद अन्तत दुई खेमामा परिणत भएको छ । सचेतक पियारी थापा विपक्षी गठबन्धनको सरकार बनाउँनका लागि सक्रिय भएपनि दुई सदस्य भने तटस्थ बस्ने घोषणा गरेका थिए । विपक्षीले बैशाख २ गते संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावमा मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही संसदमा उपस्थित नभएपछि संसद स्थगित भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस