स्वास्थ्य

काेराेना निकाे भएकाे एक वर्षमा पनि तीनमध्ये एकमा काेभिड निमाेनियाकाे खतरा

काठमाडाैँ । कोरोनाले प्रत्यक्ष रूपमा फोक्सोमा असर गरिरहेकाे छ, यसलाई कोभिड १९ निमोनिया भनिएकाे छ । बेलायती वैज्ञानिकहरूका अनुसार याे पुन: हुन सक्छ । त्यस्ता धेरै केसहरू छन् । युके युनिभर्सिटी अफ साउथेम्प्टन, बेलायतका वैज्ञानिकहरूका अनुसार, प्रत्येक तीनमध्ये एक जनालाई कोभिड १९ को निमोनिया हुनसक्दछ । रिकभरीको १ वर्ष पछि पनि कोरोनाभाइरसको प्रभाव फोक्सोमा देख्न सकिन्छ । यसका केसहरू पुरुषहरू भन्दा महिलामा बढी देखिन्छन् ।

रगतमा अक्सिजन पुर्याउने मात्रामा कमी

लैंसेट रेस्पिरेट्री मेडिसिन जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार, रिकभरीकाे वर्षदिन पछि पनि एक तिहाई बिरामीमा काेभिड निमोनियाकाे लक्षण देखियाे । फाेक्साेले काम गर्ने क्षमता घट्याे । फाेक्सबाट रगतमा अक्सिजन पुर्याउने क्षमता कम भयाे । सीटी स्क्यामा दाग देखियाे । यस्ताे लक्षण उनीहरूमा बढी देखियाे जसमा काेभिड १९ भएर हालत नाजुक भएकाे थियाे ।

५% बिरामीहरूलाई सास फेर्न समस्या हुन्छ

वैज्ञानिकहरूका अनुसार अनुसन्धानमा संलग्न ५ प्रतिशत बिरामीहरूलाई अझै सास फेर्न गाह्रो हुन्छ । साउथेम्प्टन विश्वविद्यालयको सहयोगी प्रो. मार्क जोन्स भन्छन्- कोभिड १९ निमोनियाको घटना कोरोनाबाट पूर्ण रूपमा निको भएकाहरूमा देखा परेको छ । केही व्यक्तिहरूमा यो केही महिनाको रिकभरी पछि र केहीमा एक वर्षपछि भएको छ । कोभिड १९ निमोनियाको घटना एक वर्ष पछि पनि किन बाहिर आयो भनेर अनुसन्धान गरिनु पर्दछ ।

चीनको सहयोगमा अनुसन्धान

साउथेम्प्टन विश्वविद्यालयले यो अनुसन्धान चीनको वुहानमा रहेको टोलीसँग गरेको छ । कोरोनाबाट पुन: प्राप्ति भएका ८३ बिरामीहरूमा यो अनुसन्धान गरिएको थियो जसले कोरोनाको अवस्था नाजुक अवस्थामा पुगेका थिए । तिनीहरू तेस्रो, छैटाैँ, नवाैँ र १२औं महिनामा पछ्याइएका थिए र यी नतिजाहरू बाहिर आयो ।

सल्लाह - रिकभरी पछि पनि रुटिनमा चेकअप आवश्यक छ

वैज्ञानिकहरूले भनेका छन्, ठीक भए पछि पनि कोभिड १९ निमोनियाको नियमित स्क्रीनिंग आवश्यक छ । यसले भविष्यमा बिरामीहरूको लागि उपचार रणनीति तयार गर्न सहयोग पुर्‍याउँछ । यसको साथसाथै बिरामीहरूका लागि व्यायाम कार्यक्रम पनि तयार पार्नुपर्दछ ताकि कोरोनाका कारण फोक्सोमा हुने नराम्रो प्रभावलाई कम गर्न सकिन्छ । एजेन्सीकाे सहयाेगमा ।

गाउँ सहर डेस्क

तपाईँको मत