कोरोनाभाइरसबाट थप १६८ जनाको मृत्यु, ४ हजार ४४४ जनाले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- २९ बैशाख बुधबार, २०७८ | १६:३३:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट २० हजार ३६२ र एन्टिजेन विधिबाट ४२४ को परीक्षण गर्दा ९ हजार ३०५ नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७४.९ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन् । आज ५१७ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । ९४ हजार ३४३ होम आइसोलेशनमा र ७ हजार २९१ संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार २५०, ललितपुरमा ४४७ र भक्तपुरमा २२६ गरी ३ हजार ९२४ संक्रमित उपत्यकामा मात्रै थपिएका छन् ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार २४१ को आइसियूमा र २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयकाे सूचना
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
प्रतिकृया दिनुहोस