गाउँ सहर

बाबुराम भट्टराईकाे ट्वीट : ‘देशकाे संकट हल गर्न यसाे गराैँ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार विहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउनपर्नेमा जोड दिए । 

ट्वीट गर्दै भट्टराईले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने उल्लेख गरेका छन् ।

साथै उनले एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव अगाडि सारेका हुन् ।

'देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!,' भट्टराईले ट्वीटरमा लेखेका छन् ।

भट्टराईको दल जसपाभित्र वैकल्पिक सरकार गठनमा विवाद देखिएको छ । कांग्रेस सभापति देउवाले नयाँ सरकार बनाउने गरी गृहकार्य गरिरहेका छन् तर जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष वैकल्पिक सरकार निर्माण गरेर जाने पक्षमा देखिएको छैन ।

 

गाउँ सहर संवाददाता

Balaram Kc लेख्नुहुन्छ २९ बैशाख, २०७८ ०९:१९ am

INDIA le je vanxa tyo gare hunxa.Timilai kasle nachine ho ra?

Purushottam Dawadi लेख्नुहुन्छ २९ बैशाख, २०७८ ०९:१८ am

देसका सङकट यहिहो भारुराम

Bal Mukunda Khatiwada लेख्नुहुन्छ २९ बैशाख, २०७८ ०९:१८ am

संकट ल्याउने दलाललाई देश निकाला गरे हुन्छ ।

तपाईँको मत