पूर्वाधार

विश्वभर हालसम्म १३ कराेड ८० लाख जना काेराेनामुक्त, एक कराड ८९ मा अझै भाइरस सक्रिय

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ८९ लाख ३४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १३ करोड ८० लाख ५६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १६ करोड ३ लाख २२ हजार नाघेको छ भने मृतकको संख्या ३३ लाख ३१ हजार ११८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ६ हजार २७८ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा थपिएकाे पछिल्ला संक्रमितहरूकाे संख्या विश्वभरमा थपिएकाे संख्याकाे आधा नजिक हाे । विश्वभर ७ लाख १० हजार थपिएकामध्ये भारतमा ३ लाख ४८ हजार ४९९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ३३ लाख ४० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । पछिल्लाे २४ घण्टामा ४ हजार २ सय जनाकाे मृत्यु भएकाे छ । याेसँगै कुल मृत्यु हुनेकाे संख्या २ लाख ५४ हजार २२५ जना पुगेकाे छ । 

त्यसैगरि हालसम्म १ कराेड ९३ लाख ७६ हजार जना निको भएका छन् । सक्रिय केस ३७ लाख ९ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३५ लाख ५० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ६५ लाख ५८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६३ लाख ९५ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ५२ लाख ८५ हजार जना संक्रमितमध्ये १ कराेड ३८ लाख ४७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख २५ हजारभन्दा बढी छन् । हाल १० लाख १२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ४ लाख १३ हजार १११ जना पुगेका छन् भने ३ लाख १२ हजार १९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ४ हजार ८४ पुगेको छ भने ९७ हजार ८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत