गाउँ सहर

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने, अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले सो निर्णय भएको जानकारी दिएका हुन् । 

महामारी उच्च गतिमा बढेकाले सरकारले पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए ।
कोरोना संक्रमित बढ्दै जाँदा बेड अभाव भएपछि यस्तो निर्णय गरेको मन्त्रालयको भनाइ छ । 

त्यसैगरि नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । 

यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।

प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता

Khagendra Prasai लेख्नुहुन्छ २९ बैशाख, २०७८ ९:१४ pm

अरु बिरामी कहाँ जाने ? बालकोट ?

तपाईँको मत