स्वास्थ्य

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनाभाइरस सङ्क्रमण मुक्त

तस्बिरः बीबीसी ।

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

थापाथलीस्थित नर्भिक अस्पतालका अनुसार उनको दुई दिनअघि परीक्षणका लागि स्वाबको नमुना दिइएको थियो । 

"अस्ति साँझ रिपोर्ट आएको थियो । अब उहाँ डिस्चार्ज हुनसक्ने अवस्थामा हुनुहुन्छ," अस्पतालका जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले भने ।

उनकी पत्नी कोमल शाहको अवस्था पनि सुधारोन्मुख रहेको बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत