गाउँ सहर

काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि १५ दिन थपियाे

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गाउँ सहरलाई बताए ।  बैठकमा काठमाडौंका प्रजिअ पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला बैठकमा सहभागी भएनन् । 

यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातमा सकिँदैछ ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने पराजुलीले बताए ।

वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत