वातावरण

मंगलबार, प्रदेश नं १ र २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैँ । २०७८ बैशाख २८ गते (मंगलबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रहि देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत