राजनीति

तीन दलद्वारा राष्ट्रपतिलाई बहुमतको सरकार गठन प्रक्रिया थाल्न आग्रह

काठमाडौं । विपक्षी तीन दलहरुले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को २ अनुसार प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न तीन दलले राष्ट्रपतिलाई आह्वान गरेका हुन् ।

विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको अवस्थामा काँग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई यस्तो प्रक्रिया थाल्न सुझाव दिएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जारी गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत