स्वस्थ फोक्सोको लागि यी सरल आसनहरु, शरीरमा अक्सिजन स्तरलाई नियन्त्रण गर्न मद्यतकारी
- गाउँ सहर संवाददाता
- २८ बैशाख मंगलबार, २०७८ | ०४:५१:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाकालको यो विषम अवस्थामा हामी बाहिर व्यायाम गर्न जान सकिरहेका छैनन् । यस्तो बन्दाबन्दीको अवस्थामा आफ्नो श्वास प्रणाली र फोक्सोलाई स्वस्थ राख्नको लागि योगका केहि आसनहरु मद्यतकारी हुन सक्छन् । यी आसनले अक्सिजनको स्तर नियन्त्रण गर्नमा पनि मद्यतकारी हुने योगविद्को भनाई छ ।
ताडासन
जब तपाईं आफ्नो खुट्टाको पैताला टेक्नुहुन्छ र हातलाई शिर माथि तन्काउनुहुन्छ भने रेस्पिरेटरी सिस्टममा अक्सिजनको लागि धेरै स्थान बन्दछ । यसले फोक्सोको क्षमता बढाउँछ ।
बलासन
जमिनमा बसेर हातलाई जमिनमा दवाव दिने । यसले ब्रिदिंग पेटर्नसलाई नियमित गर्दछ । फोक्सोमा अक्सिजन बढाउँछ र रगतमा पनि अक्सिजन पुर्याउँदछ ।
मत्स्यासन
पल्याँटी बसेर उत्तानो परि शिरलाई जमिनमा टिकाउनु । यसो गर्दा फोक्सोमा अक्सिजनको लागि धेरै ठाउँ हुन्छ ।
त्रिकोणासन
सिधा उभिएर गहिरो श्वास लिनुहोस् । विस्तारै विस्तारै छाड्दै एक हात खुट्टापट्टि लैजानुहोस र अर्को हात आकासतर्फ लैजानुहोस् । यसले पेटको बाहिरी मसल्सलाई राम्रो बनाउँछ । श्वासन प्रक्रिया उत्कृष्ट बनाउँछ ।
वृक्षासन
यो आसनमा खुट्टा सिधा पारी उभिन र हातलाई जोड्दै नमस्कार गर्ने । यो अवस्थामा गहिरो सास लिँदै सामान्य अवस्थामा फर्कने समय सास छोड्ने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस