सहयोगी भूमिका निर्वाहमा बागमारा युवा संगम तयार
- गाउँ सहर संवाददाता
- २६ बैशाख आइतबार, २०७८ | १५:४७:०० मा प्रकाशित
पोखरा । युवा सशक्तिकरणका साथै सामाजिक सेवाका क्षेत्रमा कृयाशिल बागमारा युवा संगम समूह सहयोगी भूमिका निर्वाहमा बागमारा युवा संगम तयार देखिएको छ ।
क्लबले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सचेतना सँगै सहयोग अभियानलाई बढाउने भएको छ ।
बागमारा युवा संगम समूहको सामाजिक दूरी सहित सम्पन्न बैठकमा महामारी शहर बजारहुँदै गाउँवस्तीसम्म पनि पसेको अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य सचेतनासँगै आवश्यकता अनुसारको सहयोगमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लगायतका विषयमा छलफल गरिएको समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिए ।
समाजमा विरामी भएका व्यक्तिका लागि आवश्यक पर्ने एम्बुलेन्सको व्यवस्थापनका सँगै अन्य विभिन्न समस्यामा पनि समूहले सहजीकरण गर्ने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै कोरोनासँग बच्न सक्ने उपायका सम्बन्धमा पनि समाजमा सचेतना अभिबृद्धि गर्ने उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस