राजनीति

घनचक्कर राजनीति : प्रधानमन्त्री ओलीले राजपाबाट पनि नपाउने भए विश्वासकाे मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् ।

आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर र महतो बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका थिए । ‘हामीले विश्वासको मत दिन सक्दैनौं, किनकि हाम्रा माग पूरा भएका छैनन् भन्यौं’ जसपा नेता महतोले गाउँ सहरसँग भने ।

जसपा नेताहरुले अहिलेसम्म सबै मुद्दा समेत फिर्ता हुन नसकेको बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले अदालतबाट अनुमति लिनुपर्ने भएकाले समय लागेको बताएका थिए । जसपा नेताद्वय ठाकुर र महतोले भने केही माग पूरा भएकाले प्रधानमन्त्री ओलीको विपक्षमा भने मत नदिने आश्वासन दिएका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत