राजनीति

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई झुट बाेलेर सहयाेग पाउने अवसर गुमाए : नेविसंघ

काठमाडाैं । देशैभरीका अस्पतालहरूमा संक्रमित बिरामीहरूका लागि अक्सिजन अभाव र शैया नपुगिरहेकाे अवस्थामा पनि सरकारकाे ध्यान सत्ता झुटकाे खेती गर्दै नेापाली नागरिकलाई मात्र हाेइन विश्व समुदायलाई ढाँटिरहेकाे नेविसंघले आराेप लगाएकाे छ ।  

"अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौंका कतिपय अस्पतालहरुले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाउँदा पनि सरकार गम्भीर बन्न सकेको छैन ।कोरोना सन्क्रमित बिरामीको निम्ति अत्यावश्यक अक्सिजन अभाबमा बिरामीले ज्यान गुमाउन बाध्य हुँदा सरकार त्यसको ब्यबस्थापनमा भन्दा सत्ताको झिनाझम्टिमा ब्यस्त हुनु अत्यन्त दुखद हाे" नेविसंघले भनेकाे छ । 

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले भने "अस्पताल र बिरामीलाई अक्सिजन, बेड, आइसियु, भेन्टिलेटर, खोप, औषधि र स्वास्थ्य उपकरण समेतको अभावमा नागरिक छटपटिइरहेको अबस्थामा सरकारको ध्यान सत्ता जोगाउने, अध्यादेश जारी गर्दै संबैधानिक परिषदमार्फत आफ्ना मान्छेहरुको नियुक्ति गराउने, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री र मन्त्रीकै संरक्षकणमा अकुत भ्रष्टाचारमा लिप्त हुनुले राज्यलो प्राथमिकता के हुने भन्ने छर्लङ्ग भएको छ ।" 

"परीक्षण गरेकामध्ये झण्डै ५० प्रतिशतको संक्रमण, हरेक दिन ९ हजार हाराहारी नयाँ संक्रमित थप र दैनिक ५० भन्दा बढिको मृत्युकाे तथ्याङ्क हेर्दा देखिने नेपालको कोरोना तस्बिर स्पष्ट देखिँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सीएनएन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘कोरोना नियन्त्रणमा छ’ भन्दै झुटो दाबी गरेका छन्, जुन अत्यन्त आपत्तिजनक छ । यसले नेपालको वास्तविक अवस्था अन्तर्राष्ट्रिय समुदायलाई सुनाएर सहयोग प्राप्त गर्ने अवसर प्रधानमन्त्रीले गुमाएका छन् । यही अवस्था रहने हो भने ठूलो मानवीय क्षति हुनसक्छ । त्यसैले अन्तराष्ट्रिय सुमदायलाई मेडिकल सपोर्ट माग्नुपर्छ । भारतलाई पनि औषधि र स्वास्थ्य सामाग्रीको आपूर्ति नरोक्न भन्नुपर्ने र खोपका लागि अन्तराष्ट्रिय समुदायसँग पहल गर्नुपर्ने स्थिति आएको छ" तिमल्सिनाले भनेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत