स्वास्थ्य

विश्वभर काेराेनाभाइरस संक्रमित हुनेभन्दा निकाे हुने बढे, भारतमा भने घटेन, एकैदिन चार हजार बढिकाे मृत्यु

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ९२ लाख ५५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १३ करोड ५७ लाख ५९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड ८३ लाख ११ हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख ९६ हजार ५६९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ७ हजार ६२० जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा थपिएकाे पछिल्ला संक्रमितहरूकाे संख्या विश्वभरमा थपिएकाे संख्याकाे आधा भन्दा बढि हाे । विश्वभर ७ लाख ८१ हजार थपिएकामध्ये भारतमा ४ लाख ९ हजार ३०० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड २२ लाख ९५ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । पछिल्लाे २४ घण्टामा ४ हजार १ सय ३३ जनाकाे मृत्यु भएकाे छ । याेसँगै कुल मृत्यु हुनेकाे संख्या २ लाख ४२ हजार ३९८ जना पुगेकाे छ । 

त्यसैगरि हालसम्म १ कराेड ८३ लाख ११ हजार जना निको भएका छन् । सक्रिय केस ३७ लाख ४२ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३४ लाख ५४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ६४ लाख ५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६४ लाख ५३ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ५१ लाख ५० हजार जना संक्रमितमध्ये १ कराेड ३६ लाख ७७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख २१ हजारभन्दा बढी छन् । हाल १० लाख ५१ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ३ लाख ८५ हजार ८९० जना पुगेका छन् भने २ लाख ९८ हजार ७६५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ६३२ पुगेको छ भने ८३ हजार ४९३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत