प्रेरणा

दु:ख र अफ्ठ्याराकाे सारथी आशा

आशा जीवनको सबै भन्दा ठूलो प्राप्ति हो । जब मानिसले आशा छोड्छ तब जीवनमा अनेकौँ समस्या आउँन थाल्छन् । संसारका सबै कुरा पाए पनि अझै पाउँने आशा कायम रहन्छ र संसारभरका दु:ख र अफ्ठ्यारा भोगिरहे पनि अब राम्रो दिन आउँछ भन्ने आशा छोड्नु हुँदैन ।

आशा राख्ने हो र आफूले आशा गरेको कुराप्रति विश्वास गर्ने हो भने असम्भव लागेका कुराहरु हाशिल गर्न सहयोग गर्छ भने अफ्ठ्यारा परिस्थितीमा पनि अगाडी बढ्न प्रेरणा दिन्छ ।

आशा कुन रुपमा हुन्छ वा कुन आकारमा हुन्छ वा के ले आशा गर्न सिकाउँछ भन्ने कुरालाई परिभाषित गर्न सकिदैन । मानिसहरु अनुसार र मानिसका रोजाइ वा व्यवहारका अनुसार आशा गर्न प्रेरित गर्ने कुरा फरक फरक हुन सक्छन् । जस्तै कसैलाई मन पर्ने गीत सुन्दा आशावादी हुन सघाउँछ भने कसैका लागि राम्रो किताब पढ्नु आशावादी हुने बाटो बन्ला । त्यस्तै कसैलाई आशावादका प्रवचनहरु सुन्दा हुन सक्छ भने कसैलाई घरबाट बाहिर निस्किएर प्रकृतिमा रमाउँदा हुन सक्छ ।

आशावादी सम्बन्धि केही प्रेरक भनाइ

१. राम्रो शिक्षकले आशावादी हुन सिकाउँछ, कल्पना गर्न उत्प्रेरित गर्छ र सिक्नका लागि प्रोत्साहित गर्छ । – ब्राड हेनरी

२. तिमीले सधैँ सुविधाजनक जीवन नपाउन सक्छौ र आफ्ना सबै समस्याहरु एकै पल्टमा समाधान गर्न नसक्ने हुन सक्छौ तर आफ्नो महत्वलाई कहिलै कम नसम्झ किनभने इतिहास हेर्दा देखिन्छ, जसले अफ्ठ्यारोमा पनि हिम्मत गरे, तिनीहरुले नै आफ्नो जीवनलाई विशेष बनाए । – मिसेल ओवामा

३. संसारमा धेरै महान् कुराहरुलाई शब्द शब्दमा भन्न सकिन्छ । जस्तै : स्वतन्त्रता, न्याय, सम्मान, कर्तव्य, क्षमा र आशा । – विस्टन चर्चिल

४. आशा सधैँ सपनामा र कल्पनामा हुन्छ र यसले ति सबै सपना र कल्पनाहरुलाई वास्तविक बनाउन हिम्मत दिन्छ । – योनाश सल्क

५. आशा त्यो वस्तु हो जसले आत्मा हलुका प्वाँख जस्तो गरेर स्पर्श गर्छ, कुनै शब्द बिना धुन बनाउन सक्छ र, यो कहिलै रोकिदैन । – एमिली डिकिन्सन

६. तिमीले कम्तिमा के पाउने भन्ने आशा राख्न सक्नुपर्छ । र, सबै भन्दा धेरै त्यो आशामा कसरी बाँच्ने भन्ने जान्नु पर्छ । पर बसेर आशावान नबन बरु यसलाई भोग । यो नै जीवन हो । – बारबरा किङ्सलभर

७. आशा ठूलो शक्ति हो । आशामा जादु नहोला तर यसले तिमीमा उज्यालो भर्छ र तिमी कुनै पनि कुराहरु जादु जस्तै भोग्न सक्छौ । – लैनी टेलर

८. जसले आशा गर्छ, भगवानले उसमा शक्ति भरिदिन्छन् । – अज्ञात

९. जे भए पनि आशा राख्न नछोड । – अज्ञात

१०. आशा छ र त जीवन छ । – बालकृष्ण सम

गाउँ सहर डेस्क

तपाईँको मत