गाउँ सहर

वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड अस्पताल बनाइने मन्त्रिपरिषदकाे निर्णय

काठमाडाैं । वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

आज साँझ बालुवाटारमा बसेको बैठक कोभिड–१९ नियन्त्रणकै विषयमा केन्द्रित रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि देशवासीको नाममा सम्बोधन गर्ने क्रममा त्यहाँ ५०० वटासम्म बेड राखेर उपचार गर्नेे घोषणा गरेका थिए ।

केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

भवनमा तत्कालै तीन सय बेड अक्सिजनसहितको आइसियू, एक सय बेड आइसियू र ५० बेड भेन्टिलेटर बनाइने छ ।

यसका लागि स्वास्थ्य मन्त्रालयले सञ्चालक समिति गठन गर्ने भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत