दाेलखा भीमेश्वरमा पसिना, अनिष्टकाे संकेत ! यी घटना हुँदा पनि आएको थियो पसिना
- गाउँ सहर संवाददाता
- २५ बैशाख शनिबार, २०७८ | १८:४४:०० मा प्रकाशित
काठमाडौं । दोलखाको सदरमुकाम चरिकोट नजिकै रहेको ऐतिहासिक भीमेश्वरको मूर्तिमा पसिना आएको छ । मन्दिरको ड्युटीमा रहेका सुरक्षाकर्मीले मूर्तिमा पसिना देखिएको जानकारी गराएका छन् ।
यस सम्बन्धमा गुठी र पुजारीले त्यहाँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव घिमिरेलाई पनि जानकारी गराएको बताईएको छ। गत वर्ष कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो ।
शनिबार मध्याह्न १२ : १५ देखि पटक पटक १ : ३० बजेसम्म पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सो समयमा प्रचलित परम्परा अनुसार मन्दिरका पूजारी तथा गुठियारहरूले पूजापाठ गरेका छन् । साथै मन्दिरको मुख्य शिलामा पसिना आएसँगै वैशाख २६ गते (भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले जानकारी दिए ।
०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।
किम्वदन्ती अनुसार पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाँडामा बसी श्री गौरी शंकरको प्रार्थना गरेका थिए ।
भीमेश्वरलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ । जानकारी अनुसार विसं १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि भिमसेनको मूर्तिमा पसिना आएको थियो ।
यी सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरबारमा अकल्पनिय घट्ना भयो भन्ने जानकारहरु बताउँछन् ।
स्थानीयहरुका अनुसार भीमसेनको मूर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले–पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि पूजा पठाउने चलन रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस