विश्व

काेराेनाविरूद्ध खाेपकाे यात्रा, सिनोफार्मलाई डब्लुएचओकाे स्वीकृति

  • एजेन्सी
  • २५ बैशाख शनिबार, २०७८ | १०:४८:०० मा प्रकाशित
Photo: theeconomictimes

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएकाे कोरोना भाइरसविरुद्धको खोपलाई आकश्मिक प्रयोग अनुमति प्रदान गरेको छ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो ।

सिनोफार्मले उत्पादन गरेको खोप यसअघि नै चीनसहित विश्वका विभिन्न देशमा दशौँ लाख मानिसलाई दिइएको छ । डब्लुएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो ।

डब्लुएचओले शुक्रबार सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको हो । सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले बताएको छ ।

एजेन्सी

तपाईँको मत