स्वास्थ्य

विश्वभर हालसम्म साढे १३ कराेड जना काेराेनामुक्त, सक्रिय संक्रमितमध्ये ०.६ प्रतिशतकाे सिकिस्त

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ९२ लाख ९२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १३ करोड ४९ लाख ५४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड ७५ लाख ३० हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख ८२ हजार ७२७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ८ हजार ५९८ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा थपिएकाे पछिल्ला संक्रमितहरूकाे संख्या विश्वभरमा थपिएकाे संख्याकाे आधा नजिक हाे । विश्वभर ८ लाख ३६ हजार थपिएकामध्ये भारतमा ४ लाख १ हजार ३२६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड १८ लाख ८६ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । पछिल्लाे २४ घण्टामा ४ हजार १ सय ९४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै कुल मृत्यु हुनेकाे संख्या २ लाख ३८ हजार २६५ जना पुगेकाे छ । 

त्यसैगरि हालसम्म १ कराेड ७९ लाख १७ हजार जना निको भएका छन् । सक्रिय केस ३७ लाख ३१ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३४ लाख १८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ६३ लाख २४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६४ लाख ९९ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ५० लाख ८७ हजार जना संक्रमितमध्ये १ कराेड ३६ लाख ४० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख १९ हजारभन्दा बढी छन् । हाल १० लाख २७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ३ लाख ७७ हजार ६०३ जना पुगेका छन् भने २ लाख ९५ हजार ३९५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ५७९ पुगेको छ भने ७८ हजार ६२९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत