पर्यटन

कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको हाे ।

यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका शेर्पाको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत