गाउँ सहर

संघीय संसद सचिवालयका उपसचिवको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

प्रतिकात्मक फाेटाे ।

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत एक उपसचिवको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

कानुन उपसचिव कृष्ण खनालको संक्रमणबाट निधन भएको हाे । कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालले २२ गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । 

खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ । सोही समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । संसद सचिवालयले सांसद तथा कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि २२ गते नयाँ बानेश्वरमा उनले स्वाव दिएर गएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत