गाउँ सहर

काठमाडाैंमा मात्रै ३९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३१ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा गरी कुल ३९ सय ७२ जना थपिएको जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५४ जनाको मृत्यु भएको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७०७ जनाको डिस्चार्ज भएको छ। यसैगरी गत चौबीस घन्टामा २०३६७ जनाको पीसीआर तथा ७७५ जनाको एन्टिजेन परीक्षण भएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत