अर्थतन्त्र

नेप्से परिसूचक दाेहाेराे अंकले घट्याे

काठमाडौं । बिहीबार शेयरबजार मापक परिसूचक नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । 

यसदिन १२.४७ अंकले घटेर नेप्से २६३७.१३ अंकलेमा झरेकाे छ ।

१ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५२ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा जनउत्थान सामूदायिक लघुवित्त, खानीखोला हाइड्रोपावर, महिला लघुवित्त, समता घरेलु लघुवित्त र रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा विशाल बजार कम्पनी अग्रस्थानमा छ । सिंगटी इनर्जी, नगाडी ग्रुप पावर, सिनर्जी पावर डेभलपमेन्ट र कालिका पावर कम्पनी छन् ।

कारोबारका हिसाबले एचआइडीसीएल, एनसीसी बैंक, लक्ष्मी बैंक, अपि पावर कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक अगाडि छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत