काठमाडाैं उपत्यकामा सक्रिय काेराेना संक्रमित ३० हजार बढि, यी हुन् पाँच सय र दुई सयभन्दा बढि भएका जिल्लाहरू
- गाउँ सहर संवाददाता
- २२ बैशाख बुधबार, २०७८ | १७:४५:०० मा प्रकाशित
काठमाडौं । काेराेनाकाे पाराे उकालाे चढिरहँदा काठमाडौं उपत्यामा मात्रै हालसम्म ३० हजार बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको बुधबारको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा गरी ३० हजार १५५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ९ हजार ६९३ रहेको छ भने ८०३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ३०४ पुगेको छ ।
त्यस्तै ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४६ सय रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १७ हजार २६० रहेको छ भने २२६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ हजार ८६ पुगेको छ ।
यसैगरी भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा २७ सय ४७ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या ९ हजार ७१७ रहेको छ भने १६५ जनाले ज्यान गुमाएका छन् ।
यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पाँच सय र दुईसय भन्दा बढि संक्रमित जिल्लाहरू :
ग्राफमा हेर्नुहाेस् उमेर समूह अनुसार संक्रमित तथ्याँक :
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
प्रतिकृया दिनुहोस