राजनीति

देउवा निवासमा पुगे एमाले नेताहरूसहित प्रधानमन्त्री ओली

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले नेताहरु बुढानिलकण्ठ पुगेका छन् ।

उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

यसअघि बालुवाटारमै देउवालाई बोलाएर भेट्दै आएका ओली यसपटक आफैँ उनको निवास पुगेका हुन् ।  बुढानिलकण्ड जानुअघि एमाले नेताहरुले बालुवाटारमा छलफल गरेका छन् ।

कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेसँगै राजनीतिक सरगर्मी बढेकाे छ । 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ ।

ओलीलाई सत्ताबाट निकाल्नका लागि कांग्रेससहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटिरहेका छन् ।

नेताहरुबीच अहिले कुराकानी भइरहेको देउवाको सचिवालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

Tarak Bahadur Gurung लेख्नुहुन्छ २२ बैशाख, २०७८ ६:१९ pm

जनतामारा हरु,

Rabi Mohan Adhikari लेख्नुहुन्छ २२ बैशाख, २०७८ ६:१८ pm

Kina hola ukhane balai ke paryo testo

तपाईँको मत