स्वास्थ्य

काेराेनाभाइरसका ८ हजार ६५८ नयाँ संक्रमित थपिए, ६०० जनाकाे सघन र १५६ काे भेन्टिलेटरमा उपचार (पूर्ण विवरणसहित्)

काठमाडाैँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ८ हजार ६०५ नयाँ संक्रमित थपिएका छन् भने ५४ जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट २१ हजार ३७२ परीक्षण गरिएकोमा कुल ८ हजार ६५८ नयाँ संक्रमित थपिएका छन् ।

देशभर ६०० जनाकाे सघन र १५६ काे भेन्टिलेटरमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ । यसमा काठमाडाैँमा मात्रै १९० काे सघन र ६३ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

२४ घण्टामा थपिएका संक्रमितमा ०-९ उमेर समूहका २१३, १०-१९ वर्षका ५२४, २०-२९ का २०५१, ३०-३९ का २१०३, ४०-४९ का १५५३, ५०-५९ उमेरका ११७३, ६०-६९ का ५९०, ७०-७९ वर्षका २३७, ८०-८९ का ८६ जना, ९०-१०० वर्षका ९ जना र अज्ञात ६६ जना रहेका छन् । 

संक्रमितकाे संख्या बढेसँगै स्थानीय सरकारहरूले ५१ जिल्लामा निषेधाज्ञा जारी गरिसकेका छन् ।

पछिल्लाे २४ घण्टामा गरिएकाे परीक्षणमा सबैभन्दा बढी संक्रमित ललितपुरकाे विध ल्यावबाट प्राप्त भएकाे थियाे ।

मन्त्रालयका अनुसार निकाे हुनेकाे दर ८०.६ प्रतिशत रहेकाे छ ।

मन्त्रालयकाे सूचना

गाउँ सहर संवाददाता

तपाईँको मत