संसद छलेर ल्याइएकाे सात अध्यादेशप्रति नेविसंघकाे आपत्ति
- गाउँ सहर संवाददाता
- २२ बैशाख बुधबार, २०७८ | ०७:३०:०० मा प्रकाशित
काठमाडाैं । नेपाल विद्यार्थी संघले प्रतिनिधिसभाको अधिवेशन आउन ६ दिन बाँकी हुँदा विवादित संवैधानिक परिषद्सहित सरकारले मंगलबार जारी गरेका सातवटा अध्यादेशलाई लिएर आपत्ति प्रकट गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाथ सात अध्यादेश जारी गरेपछि नेविसंघले संसद छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको हो ।
संघका महामन्त्री बलदेव तिमल्सिनाले एक विज्ञप्ती जारी गर्दै जनता कोरोनाको महामारीले मरिरएको वर्तमान कहालिलाग्दो अवस्थामा कतै नभेटिएको र सरकारकाे महशुस गर्न नपाएको बेलामा एकाएक अध्यादेश जारी गर्ने सरकारको कदमको कडा आलोचना गरेका छन् ।
महामन्त्री तिमल्सिनाले ‘संवैधानिक परिषद् सम्बन्धी सहित ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको घोर भर्त्सना गर्दै सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर सर्वसत्तावादी चरित्र उदांगो बनाएको दाबी गरेका छन् ।
संसदीय मूल्य-मान्यता विपरीतको कदमलाई कहिल्यै स्वीकार गर्न नसकिने भन्दै अध्यादेश जारी गरेर राष्ट्रपतिले आफ्नो पदीय गरिमाको धज्जी उडाएको बताए ।
अध्यादेश तत्काल फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न महामन्त्री तिमल्सिनाले माग गरेका छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार जारी गरेका सातवटा अध्यादेश :
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस