वातावरण

बुधबार हावाहुरीसहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार २०७८ बैशाख २२ गते (बुधबार) दिउँसो देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत