राजनीति

 प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई असफल बनाउने र अरु दलसँग छलफल गर्ने कांग्रेसकाे निर्णय

फाइल : तस्बिर

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतलाई असफल बनाउने र त्यसका लागि अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाएको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

 

बैठकपछि डा. महतले भने, विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, कांग्रेसले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय छ ।’

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत