राजनीति

माओवादी केन्द्रले फिर्ता लियो सरकारको समर्थन, ओली सरकार अल्पमतमा

काठमाडाैं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादीको मंगलवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको  हो ।

माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।

यो निर्णयसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। संसद बैठक आह्वान भइसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत