अर्थतन्त्र

एनआई एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

काठमाडाैं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बीमा रकम जनही रू. १० लाखका दरले दुई जना ग्राहकहरूलाई भुक्तानी गरेको छ । 

सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिले बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेका थिए । खातावाल तथा निजको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप उनका पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत निज खातावालाले उक्त रकम प्राप्त गरेका हुन । 

साथै, सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षिया बिन बहादुर वर्मालाई घातक रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो । 

उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो । 

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरूले पाउन सक्नेछन् । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत