अर्थतन्त्र

मंगलबार ६ अर्बकाे काराेबार हुँदा नेप्से झिनाे अंकले बढ्याे

काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उतारचढावका बीच नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से १.९४ अंकले बढेर २६५४.६९ अंकमा पुगेको छ ।

यसदिन माइक्रोफाइनान्स र हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस दिन हाइड्रोपावर र माइक्रोफाइनान्स कम्पनीहरको शेयरको खरिद चाप बढ्दा दुबै उपसमूहका सूचक बढेका छन् ।

यस दिन माइक्रोफाइनान्स उपसमूहको् सूचक सबैभन्दा धेरै २.५६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि १.२ प्रतिशतले बढेको छ । यस्तै व्यापार उपसमूहकको सूचक २.४३ प्रतिशतले बढेको छ ।

यो दिन १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँमा कारोबार भएको छ । जसमा १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार कारोबार रकम भने केही घटेको छ । सोमबार ७ अर्ब माथिको शेयर कारोबार भएकोमा यस दिन ६ अर्ब रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ । 

मंगलबार कारोबारमा आएका ९ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अधिकांश लघुवित्त र हाइड्रोपावर कम्पनी रहेका छन् । कारोबार फुकुवा भएपछि आजदेखि दोस्रो बजारमा पुनः कारोबार शुरु गरेको समता घरलु लघुवित्त वित्तीय संस्था र महिला लघवित्त वित्तीय संस्थाको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

चन्द्रागिरि हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ भने एनएलजि इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सकाे शेयर मूल्य घटेका छन् ।

कारोबार रकमका हिसाबले एनसीसीबी, अरुण काबेली पावर, ग्रामीण विकास लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र अपि पावर कम्पनी अगाडि रहे ।

गाउँ सहर संवाददाता

तपाईँको मत