राजनीति

सुनचाँदीको मूल्य मंगलबार बढ्याे

काठमाडाैं । सुनचाँदीको मूल्य मंगलबार पनि बढोत्तरी भएको छ । बैशाख २१ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार पनि सुनको मूल्य बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको थियो ।

यस्तै यस दिन तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघले जनाए अनुसार चाँदी अघिल्लो दिन वृद्धि भई एक हजार ३०० रुपैयाँमा उक्लेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत