वातावरण

मंगलबारकाे माैसम, धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली

काठमाडाैँ । २०७८ बैशाख २१ गते (मंगलबार) दिउँसो देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका प्रदेश १ र प्रदेश २ का केही स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यस्तै राति देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत