विश्व

मुम्बईमा १ जूनसम्म कम हुनसक्छ काेराेना संक्रमण, मे महिनामा सबैभन्दा बढी मृत्यु हुने दावी

  • एजेन्सी
  • २० बैशाख सोमबार, २०७८ | २१:१०:०० मा प्रकाशित

मुम्बई । मुम्बईको टाटा इन्स्टिच्युट अफ फण्डामेन्टल रिसर्च (टीआईएफआर) का वैज्ञानिकहरूले दावी गरेका छन् कि महाराष्ट्रमा संक्रमणको बढ्दो घटनाहरूको बीचमा मुम्बईमा भाइरस संक्रमणको गति १ जूनदेखि घट्न सक्छ । भाइरसको कुनै नयाँ भेरियन्ट नदेखिए याे अवस्था आउने उसले बताएकाे छ । उक्त रिपोर्टले यो पनि दावी गरेको छ कि स्थानीय ट्रेनको कारण, मुम्बईमा कोरोना द्रुत रूपमा फैलियो ।

यस रिपोर्टका अनुसार सबैभन्दा बढी मृत्यु हुने संख्या यहाँ मे को पहिलो हप्तामा देख्न सकिन्छ र जुन १ सम्म यो घट्ने र स्थीर हुने छ । खोपको प्रवृत्तिको विश्लेषण गर्दै उक्त रिपोर्टले भने कि यदि यो प्रक्रिया सहजै चलिरहेमा अर्थात् एक महिनामा १५ देखि २० लाखमा खाेप लगाइएमा मृत्युकाे दर घटेर जनवरी फेब्रूअरीकाे स्थानमा पुग्न सक्छ । यदि कुनै नयाँ प्रकारकाे भेरिएन्हटरू देखा परेन भने, स्कूलहरू १ जुलाईदेखि शहरमा फेरि खोल्न सकिन्छ ।

एजेन्सी

तपाईँको मत