स्वास्थ्य

युवामा काेराेनाकाे डढेलाे : एकैदिन २० देखि ४० वर्ष उमेर समूहका ३५५९ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरकाे काेराेना रिपाेर्ट अनुसार युवा उमेर समूहका व्यक्तिहरू सबैभन्दा धेरै संक्रमित भएका छन् । साेमबार एकैदिन २० देखि ४० वर्ष उमेर समूहका ३५५९ जनामा काेराेना पुष्टि भएकाे छ ।

गत २४ घन्टामा १६ हजार ६ सय ५८ पीसीआर तथा  ७ हजार ३ सय ८८ र ५ सय १८ एन्टिजेन परीक्षण भएको छ । परीक्षणबाट ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काेराेना पुष्टि भएकामध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका ७८७१ जना संक्रमित भएका छन् । 

काेराेना पुष्टि भएकामध्ये ० देखि ९ वर्ष उमेर समूहका १५६  र १० देखि १९ वर्ष उमेर समूहका भने ४३९ जना बालबालिका कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा २० देखि २९ वर्ष उमेर समूहका १६८८ जना संक्रमित भएका छन् । त्यसैगरि ४० देखि ३९ वर्ष उमेर समूहका १३६९ जना संक्रमित भएका छन् ।

९० देखि १०० वर्ष उमेर समूहमा ९ जना संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ ।  

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जना संक्रमित थपिएका छन् । काठमाडौँमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा थप ३७ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत