अर्थतन्त्र

सोमबार शेयर बजार मापक नेप्से सूचकमा दाेहाेराे अंकले घट्याे

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्से सूचकमा सामान्य अंकले घटेकाे छ । नेप्से परिसूचक १२.३६ अंकले घटेर २६५२.७५ अंकमा सीमित भएको छ ।

यो दिन कारोबार रकममा भने उत्साह नै देखिएको छ । १ करोड ५९ लाख ८ हजार ४८९ कित्ता सेयर ७ अर्ब ५२ करोड ९२ लाख ८३ हजार ८६ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन ७३ वटा कम्पनीको सेयर मूल्य घट्दा १३० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा विशाल बजार कम्पनी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, नगाडी ग्रुप पावर लिमिटेड र सिंगटी इनर्जी कम्पनी छन् ।

त्यसका साथै आजको कारोबारमा सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, हिमालयन पावर पार्टनर, रसुवागढी हाइड्रोपावर कम्पनी, जानकी फाइनान्स र सिन्धु विकास बैंक छन् ।

उपसमूहतर्फ लगानी र माइक्रोफाइनान्सबाहेककामा गिरावट देखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत