स्वास्थ्य

एम्बुलेन्सको साइरन बढेको बढ्यै, नेपालमा कोरोनाबाट थप ३७ जनाको मृत्यु, थपिए ७ हजार ४४८ नयाँ संक्रमित

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ३६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ७ हजार २८८ नयाँ संक्रमित थपिएका छन् भने ६० जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट १७ हजार १७६ परीक्षण गरिएकोमा कुल ७ हजार ४४८ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २१ जना निको भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ । 

मन्त्रालयका अनुसार अहिले देशभरमा ५४ हजार ४१ सक्रिय संक्रमित रहेका छन् । आज २१२ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।

मन्त्रालयका अनुसार आजसम्म २५ लाख २१ हजार १६४ जनाको पिसिआर टेस्ट भइसकेको छ ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत