स्वास्थ्य

पछिल्लाे २४ घण्टामा विश्वभर संक्रमित थपिएकामध्ये आधाभन्दा बढि भारतमै, ३४ सयकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा थपिएकाे पछिल्ला संक्रमितहरूकाे संख्या विश्वरमा थपिएकाे संख्याकाे अाधाभन्दा बढि हाे । विश्वभर ६ लाख ८० हजार थपिएकामध्ये भारतमा ३ लाख ७० हजार ५९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ४ सय २२ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ९९ लाख १९ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये २ लाख १८ हजार ९४५ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ६२ लाख ८१ हजार जना निको भएका छन् । सक्रिय केस ३४ लाख १९ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

विश्वभर संक्रमितमध्ये निको हुनेको संख्या १३ करोड ७ लाख ९० हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड ९४ लाख ७२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड ३४ लाख ८० हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख १६ हजार १४८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ११ हजार ७८५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३३ लाख १८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५८ लाख २३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६७ लाख ७५ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४७ लाख ५४ हजार जना संक्रमितमध्ये १ कराेड ३२ लाख ७८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ७ हजारभन्दा बढी छन् । हाल १० लाख ७८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ३ लाख ३६ हजार ३० जना पुगेका छन् भने २ लाख ८३ हजार ९९४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३२५ पुगेको छ भने ४८ हजार ७११ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत