प्रेरणा

बिहानले दिनको संकेत गर्दछ त्यसकारण यी गल्ती नगर्नुहाेस्

एजेन्सी । बिहानले दिनको संकेत गर्द। हामीले बिहानको समयमा गरिने क्रियाकलापले त्यसको असर दिनभर पर्छ । हामीले बिहान राम्रो काम गर्‍याैँ भने दिनभरको समयमा उर्जा प्राप्त हुन्छ । यदी हामीले बिहानै काम राम्रो गरेनौँ भने दिनभर पनि हाम्रो मनस्थितमा त्यसको असर पर्ने गर्दछ । यदि हाम्रो बिहानको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर बिहानको शुरूवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।

कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, काम समयमा पुरा हुँदैन र अनावश्यक झन्झट वा समस्या आइलाग्छ । तर कोहिपनि मानिस आफ्नो दिन समस्या, झन्झट र चिन्तामा बितोस् भन्ने चाँहदैन ।

प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफूबाट गरीने गल्तिका कारण हुने गर्दछ । के के गल्ती गर्नुहुँदैन त थाहा पाउनुस् ।

- शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुँदैन ।
- बिहान उठ्ना साथ कसैको चित्त दुखाउनु हुँदैन । यसले नकारात्मक समय बनाउने छ ।
- बिहान उठेर कसैसँग झुठो वाचा वा प्रतिवद्धता गर्नु हुँदैन ।
- साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्काे स्वरमा हर्कानु हुँदैन ।
- आफूले भोजन गर्नुअघि भगवान, पशु वा गरीबलाई दान गर्ने ।
- बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गाली गर्नुहुँदैन ।
- पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुँदैन ।
- खानालाई नमिठो भन्दै फ्याक्ने, वा थुक्ने गर्नु हुँदैन ।
- घरमा जुठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुँदैन ।

के गर्नुपर्छ ?
- बिहान उठेर सबैभन्दा पहिले आफ्नो ईष्ट देवताको ध्यान गर्नुपर्दछ ।
- आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्ने ।
- दिन शुभ बनाउन खाना खानु अघि किसानलाई धन्यवाद दिनुपर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत