वातावरण

आगामी केही (४-५) दिन मेघगर्जन/चट्याङ/हावाहुरी र असिना-पानी

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले (Special Weather Bulletin) जारी गर्दै आगामी केही (४-५) दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकशित भएको र हुने सम्भावना रहेको न्युन चापीय क्षेत्र  तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहने बताएकाे छ ।

उसले भनेकाे छ- सो प्रणालीका कारण देशका धेरै स्थानहरूमा  सामान्य देखी पूर्ण बदली रहि हल्का देखि मध्यम वर्षा र १/२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत