अर्थतन्त्र

एन आई सी एशिया बैंकबाट अनलाईन किनमेल गर्दा यी स्थानमा १५ प्रतिशत नगद फिर्ता हुने

काठमाडौँ । नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरूले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिरहेका बेला हामी सबैले आ–आफ्नो स्तरबाट उचित सावधानी अपनाई महामारी रोकथामका लागि सहयोग गर्नुपर्ने आजको टड्कारो आवश्यकता  छ ।

यस अवस्थामा विभिन्न अनलाईन माध्यमहरूले दैनिक रुपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । 

बैंकले सस्तो डिल, ग्यापू, रिचार्जर, इन्फि स्टोर र खानपिन फूड एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । 

नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । 

यसका लागि ग्राहकहरूले बैंकको कार्डमार्फत ई–कमर्श तथा पिएसओ भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नेछन् । साथै, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आइसर्भिस मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्ने बैंकले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत