राजनीति

पछिल्लाे घटनाक्रम, प्रधानमन्त्री राष्ट्रपति कार्यालयबाट फर्के, साँझ मन्त्रिपरिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेर फर्केका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ताको विस्तृत विवरण आउन बाँकी छ ।

बालुवाटारमा एमाले स्थायी कमिटि बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास गएका थिए । यो बैठकमा लुम्बिनीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा भएकाे थियो । 

प्रधानमन्त्रीले आजै साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत