अर्थतन्त्र

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो दिन हरियाली

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो दिन हरियाली छाएको छ ।

आज नेप्से ५४ अंकले बढेर दुई हजार छ सय ६५ दशमलब ११ विन्दुमा पुगेको छ भने ७ अर्ब ३६ करोड ८ लाख बराबरको कारोबार भएको छ ।

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी हाइड्रो इनर्जी कम्पनी, सानिमा जनरल इन्स्योरेन्स र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

आज नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक (एनसीसी) को सर्वाधिक कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

Sujen Maharjan लेख्नुहुन्छ १९ बैशाख, २०७८ ४:१३ pm

Welcome bull

तपाईँको मत