स्वास्थ्य

३ हजार ५३० संस्थागत र ४५ हजार १८१ जना होम आइसोलेशनमा

काठमाडाैँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ३२५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ७ हजार १३७ नयाँ संक्रमित थपिएका छन् भने ७४ जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट १६ हजार ७७० परीक्षण गरिएकोमा कुल ७ हजार २११ नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लाे २४ घण्टामा थपिएका संक्रमितमा महिला २ हजार ८६४ र पुरूषकाे संख्या ४ हजार २७३ छ । सबैभन्दा बढी संक्रमण ललितपुरकाे विद् ल्यावबाट ८२३ जनाकाे पुष्टी भएकाे हाे ।

देशमा अहिले कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरमा ४८ हजार ४११ सक्रिय संक्रमित रहेका छन् । आज ६७ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । यस्तै मन्त्रालयका अनुसार संक्रमितमध्ये ३ हजार ५३० संस्थागत र ४५ हजार १८१ जना होम आइसोलेशनमा रहेका छन् ।

मन्त्रालयका अनुसार निकाे हुनेकाे प्रतिशत ८४.५१ रहेकाे छ ।

देशमा काेराेना कहर अत्यधिक बढेकाे छ । पछिल्लाे केहि साता काेराेना संक्रमणकाे लहर अनुमानभन्दा बाहिर जाने विज्ञहरूले बताउँदै आएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत