लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलकाे अकस्मात राजीनामा, फेरि एकल बहुमतको सरकारकाे तयारी
- गाउँ सहर संवाददाता
- १९ बैशाख आइतबार, २०७८ | ११:२३:०० मा प्रकाशित
काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री पोखरेलले अकस्मात राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पोखरेलले एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै अविश्वासको प्रस्ताव स्वतः निष्क्रिय हुनेछ ।
पदमुक्त भएपछि अब लुम्बिनी प्रदेशमा ८१ सदस्यीय प्रदेश सभा सदस्य रहेका छन् । जसमा सरकार बनाउनका लागि आवश्यक संख्या ४१ हो । ४१ नेकपा एमाले एक्लैको छ ।
विपक्षीहरुसँग सभामुखसमेत जोडेर ३९ मत रहेको छ । एमालेका माधवकुमार नेपाल पक्षका दुई सांसद रहेकाले उनीहरुले फ्लोर क्रस गर्न सक्ने भन्दै विपक्षीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अब पोखरेलले आफूलाई संविधानको धारा १६८ (१) बमोजिम मुख्यमन्त्रीमा नियुक्ति गर्न दाबी गर्न सक्नेछन् ।
संविधानको उक्त धारामा भनिएको छ– प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ ।”
यही व्यवस्थाअनुसार पोखरेल फेरि मुख्यमन्त्री बन्न सक्नेछन् ।
लुम्बिनी प्रदेशमा भने मुख्यमन्त्री पोखरेलले विवादमा नपरिकन सत्ता जोगाउने नयाँ ‘आइडिया’ निकालेको विश्लेषण हुन थालेको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले उनले दिएको राजीनामा स्वीकृत गरिसकेका छन् भने अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस