प्रेरणा

यी केही उपाय जसले तपाईँलाई आत्मविश्वासी बन्न सघाउ पुर्‍याउन सक्छ

संसारमा जति पनि सफल मानिस छन्, उनीहरूको सफलतापछि आत्मविश्वासको ठूलो भूमिका छ । आत्मविश्वास यस्तो क्षमता हो, जसले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्नको लागि प्रेरणा प्रदान गर्छ ।

संसारमा कमै मात्र मानिस होलान् जसले जीवनमा संघर्ष गर्नु नगरेको होस् । संघर्षले नै मानिसभित्र सुषुप्त रहेको आत्मविश्वास जगाउँछ । तसर्थ आत्मविश्वास जगाउने कारक हो संघर्ष । यसैगरी व्यक्तिमा निहित आत्मविश्वास नै संघर्षको प्रेरणा पनि हो ।

आत्मविश्वासलाई समयमै पहिचान गर्न सक्नेहरू जीवनयात्रामा हरेक बाधा-व्यवधान छिचोल्दै अघि बढ्छन् । यी हुन्, आत्मविश्वासी बन्न सघाउ पुर्‍याउने केही टिप्स:

१. संकोचको त्याग

तपाई आफ्नो काममा निपुण हुनुहुन्छ र समयमै काम गर्नुहुन्छ तर आफ्नो सहकर्मीहरूबाट कुराकानी गर्नबाट संकोच मान्नुहुन्छ । कसैसित घुलमिल हुनबाट डराउनुहुन्छ र मद्दत पूर्व धेरे सोच्नुहुन्छ भने तपाई पूर्ण रूपमा आत्मविश्वासी हुनुहुन्न । संकोची बानीले आत्मविश्सलाई धेरै हदसम्म कम गर्छ । सफलता प्राप्त गर्नका लागि आफ्नो काममा निपुण हुनु जति आवश्यक छ, त्यति नै अवाश्यक छ, अरूको साथ तालमेल बसाउनु । संकोची व्यक्तिका बारेमा प्रायः सबैले नकारात्मक सोच्छन् र उसबाट दूरी बनाउँछन् । यसकारण आत्मविश्वास बढाउन संकोच त्यागेर सबैलाई साथ लिई अघि बढ्नु आवश्यक छ ।

२. कसैसँग भेट्दा
कुनै पनि विधामा सफल हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा यो हुन्छ कि, तपाईंभित्रको आत्मविश्वास । जुनसुकै क्षेत्रका चर्चित व्यक्तिका कथा सुनेपछि तपाईंलाई यसको अनुभूति हुन्छ । त्यसैले तपाईंले कसैलाई भेट्दै हुनुहुन्छ भने पहिला आफूभित्रको डर हटाउनुपर्छ र निर्धक्कसँग कुरा गर्नुपर्छ । जसले तपाईंलाई आत्मविश्वासी बन्न प्रेरणा प्रदान गर्छ ।आत्मविश्वास भन्ने कुरा कसैले फिट गर्दिने होइन । आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । जसका लागि आफ्नो क्षमताको पहिचान गर्न जरुरी छ । आत्मविश्वास बढाउनका लागि आफैँप्रति विश्वास गर्न आवश्यक छ । कुनै व्यक्तिलाई हेरेर मात्र आत्मविश्वास बढ्दैन । त्यसैले आत्मविश्वासका लागि आफैँ तयार हुन प्रयोग गर्नुस् ।

३. काममा विश्वास
चाहे तपाईंले जुनसुकै काम गर्नुस्, तर विश्वास साथ गर्नुस् । या कुनै कामको सुरुवात गर्दै हुनुहुन्छ भने पनि त्यसप्रति पूर्ण विश्वस्त हुनुस् । सामान्य जीवनशैली र बोल्ने तौर तरिकाले पनि आत्मविश्वास बढाउनको लागि ठूलो भूमिका निर्वाह गर्छ । खाना पकाउने, कुनै व्यक्तिसँग भेट्ने गर्दाका गतिविधिमा समेत आत्मविश्वासको साथ प्रस्तुत हुन जरुरी छ ।

४. डाइट एन्ड फिटनेस
फिटनेस, स्टाइल, डाइटलगायतका कुराले पनि आत्मविश्वासमा भूमिका निर्वाह गर्छ । आत्मविश्वास बढाउनका लागि ड्रेसअप र खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । सफल व्यक्तिको जीवनलाई हेर्दा पनि उनीहरूको जीवन सफल हुनुमा यसका भूमिका हुन्छन् ।

५. सिक्ने इच्छाशक्ति
नयाँ कुरा सिक्ने र आफैँलाई महत्वपूर्ण बनाउने प्रयास गर्नुस् । जो व्यक्तिमा सिकाइको भोक हुन्छ, उसमा आत्मविश्वास पनि हुन्छ । त्यसैले आफूभित्रको सिक्ने इच्छाशक्तिलाई कहिल्यै मर्न दिनुहुँदैन । यस्तो बानीले बिस्तारै आत्मविश्वासलाई बढाउँदै लैजान्छ ।

६. सकारात्मक सोच
सकारात्मक सोचले जीवनको कैयौँ काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, नकारात्मक सोचले स्वयम्लाई ध्वस्त बनाउँछ । हाम्रो सोचले नै सफलताको सम्भावना निर्धारण गर्छ । नकारात्मक घटना या सोचलाई सकारात्मक रूप दिँदा त्यसले पार्ने प्रभावलाई विचार गर्न आवश्यक हुन्छ । तपाईंको आचरणले नै आत्मविश्वास बढाउन भूमिका खेल्छ ।

७. स्माइलिङ
भनिन्छ, प्रेमको सुरुवात मुस्कानबाट हुन्छ । तपाईंको अनुहारमा भएको मुस्कान या चमकले अरू मानिसलाई पनि आकर्षित गर्न सक्छ । यस्तो बानीले आत्मविश्वासलाई बढोत्तरी गर्नुका साथै सफलता हासिल गर्नको लगि मद्दत गर्छ ।

८. निडरता 
त्यसो त तपाई सबैसित राम्ररी प्रस्तुत हुनुहुन्छ र सबै काम राम्ररी गर्न पनि जान्नुहुन्छ तर जब कुनै काम एक्लैले गर्नुपर्ने हुन्छ, तब अगाडि बढ्न डराउनुहुन्छ । प्रत्येक कुरामा तपाईको अरू कसैको मद्दत चाहनुहुन्छ वा हरेक काम सोधेर वा मार्ग दर्शनप्राप्त भएपछि मात्र गर्नुहुन्छ । यो बानीले पनि तपाईमा आत्मविश्वासको स्तर कम भएको देखाउँछ । कुनै काम प्राप्त भएपछि नै आफू एक्लैले गर्न नसक्नु पनि अवगुण नै हो । यस्ता व्यक्तिको क्षमतालाई हरेकले शंकाको दृष्टिले हेर्छन् र कामका कुरा गर्दैनन् ।  जीवनमा अगाडि बढ्नका लागि स्वयंलाई प्रमाणित गर्नुपर्ने आवश्यकता रहन्छ । अतः आफूलाई प्रमाणित गरेर अघि बढ्नुपर्छ र आत्मविश्वासको स्तर बढाउने अवसर गुमाउनु हुँदैन ।ले गर्नुपर्ने हुन्छ, तब अगाडि बढ्न डराउनुहुन्छ । प्रत्येक कुरामा तपाईको अरू कसैको मद्दत चाहनुहुन्छ वा हरेक काम सोधेर वा मार्ग दर्शनप्राप्त भएपछि मात्र गर्नुहुन्छ । यो बानीले पनि तपाईमा आत्मविश्वासको स्तर कम भएको देखाउँछ । कुनै काम प्राप्त भएपछि नै आफू एक्लैले गर्न नसक्नु पनि अवगुण नै हो । यस्ता व्यक्तिको क्षमतालाई हरेकले शंकाको दृष्टिले हेर्छन् र कामका कुरा गर्दैनन् ।  जीवनमा अगाडि बढ्नका लागि स्वयंलाई प्रमाणित गर्नुपर्ने आवश्यकता रहन्छ । अतः आफूलाई प्रमाणित गरेर अघि बढ्नुपर्छ र आत्मविश्वासको स्तर बढाउने अवसर गुमाउनु हुँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत